साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता « Khabarhub

साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष ०८२–०८३ को साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार एक महिनाको अवधिमा देशभर ५ हजार ७४० मुद्दाहरू दर्ता भएका हुन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको साउन महिनाको मासिक प्रदेशगत अपराध दर्ता विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी मुद्दाहरू दर्ता भएका देखिएको छ । विवरणमा काठमाडौ उपत्यकासहित २ हजार १४७ अपराधका घटनाहरू दर्ता भएका छन् । 

प्रहरीको विवरणमा काठमाडौं उपत्यकामामा १ हजार ६११ र बागमती प्रदेशमा ५३६ वटा मुद्दा दायर भएको उल्लेख छ । यस्तै मधेश प्रदेशमा एक हजार ७२, कोशी प्रदेशमा ९१८, लुम्बिनी प्रदेशमा ६८५ मुद्दा दर्ता भएका छन् । 

गण्डकी प्रदेशमा ४१३, सुदूरपश्चिममा ३३२ र कर्णाली प्रदेशमा १७३ वटा अपराधका घटना दर्ता भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : २६ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार