महामन्त्री बुर्लाकोटीद्वारा लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी  « Khabarhub

महामन्त्री बुर्लाकोटीद्वारा लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुई वटा श्रीमती भएको विषयबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यलाई जानकारी दिएका छन् । केन्द्रीय कमिटीको  ग्रुपमा महामन्त्री बुर्लाकोटीले थापाको एक जना श्रीमतीसँग छोड पत्र भएको ब्यहोरा जानकारी गराएका हुन् । 

‘महामन्त्री बुर्लाकोटीले छोड पत्र दिएको ब्यहोरा जानकारी दिनुभएको छ । सो ब्यहोरा आएपछि केही केन्द्रीय सदस्यले पत्र नै सार्वजनिक गर्न माग गर्नुभएको छ ।’ रास्वपाका एक केन्द्रीय सदस्यले खबरहबलाई भने, ‘अब त्यही सिस्टममा उहाँहरूले अपनाउनुहोला । ब्यहोरा आएको छ । तर पत्र आएको छैन । हामी पत्र पनि आउनुपर्छ भनिरहेका छौँ । अहिले केही नेताहरूसँग लेखजंग जी परामर्शमा हुनुहुन्छ रे ।’ 

ती नेताका अनुसार पहिलो श्रीमतीसँग डिभोर्स भएको हो या दोस्रोसँग भएको त्यसबारे जानकारी भने गराइएको छैन ।

रुपन्देही ३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ५२ बजे

चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ : आपूर्ति मन्त्रालय

काठमाडौं – सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने

बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

ढाका- बङ्गलादेशको आतङ्कवाद प्रतिरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा