तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक : मुख्यमन्त्री कँडेल « Khabarhub

तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक : मुख्यमन्त्री कँडेल


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको बताएका छन् ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो नै सहज हुने बताए। उनले तीनै तहबीचको सुदृढ सम्बन्धले मात्रै सङ्घीयताको मर्मअनुसारको लक्ष्य पूरा हुने उल्लेख गरे । 

मुख्यमन्त्री कँडेलले भने, ‘सङ्घ र प्रदेशले गर्ने विकास कार्यको कार्यान्वयन क्षेत्र स्थानीय तह हो । यसलाई जिम्मेवार र सक्षम बनाउनुपर्छ । यसो हुन सके मात्र जनतालाई सङ्घीयताको अनुभूति हुन्छ ।’

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सुरु गरेको योजना बैंकलाई स्थानीय तहले अनुसरण गर्न अनुरोध गरे। विगतको अनुभवबाट सिकेर तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै प्रदेश सरकारसँग भएको सीमित स्रोत र साधनलाई सही सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासनतर्फ सङ्केत गर्दै केवल समस्या देखाउने मात्र नभई समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेतर्फ जोड दिए। 

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ३ : ४१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा