एजेन्सी– घरेलु टोली पाकिस्तानविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा श्रीलंकाले शानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ६४ रनले पराजित गरेको हो । लाहोरमा श्रीलंकाले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान १७ ओभर ४ बलमा अलआउट हुँदै १०१ रनमै सीमित रह्यो ।
पाकिस्तानका लागि लिफ्टिखर अहमेदले २५ तथा कप्तान सर्फराज अहमेदले २४ रन बनाए । बाबर आजमले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पाकिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाका इशुरु उडाना र नुवान प्रदीपले ३र३ विकेट लिए । हसरंगा डी सिल्भाले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अभिस्का फर्नान्डोले ३३ तथा भानुका राजपाक्षले ३२ रन बनाए । पाकिस्तानका मोहमद हसनेइनले ३ विकेट लिए ।
जितसँगै श्रीलंकाले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।
प्रतिक्रिया