सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छः मन्त्री भण्डारी | Khabarhub Khabarhub

सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छः मन्त्री भण्डारी


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बैतडी – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको सरकार भएमा मात्रै जनताका काम गर्न सहज हुने बताएका छन् ।

यहाँको डिलाशैनी गाउँपालिका–५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले बहुमतको सरकार नहुँदा काम गर्न समस्या भएको बताए ।

मन्त्री भण्डारीले भने, “जनआकाङ्क्षा धेरै छन् । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन । एकल बहुमतको सरकार नहुँदा समस्या भएको हो । अपेक्षाकृत विकास हुन् एकल सरकार आवश्यक छ ।”

गृह जिल्ला बैतडीको विकासका लागि आफू मन्त्री हुँदा या नहुँदा पनि सधैँ लागिपरेको उनको भनाइ थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले डिलाशैनीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।

उनले डिलाशैनीको केन्द्र जोड्ने सडक र अन्य विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए। कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले आफ्नै भवन निर्माण भएपछि वडाबाट सेवा प्रवाहमा सहज भएको बताए ।

गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्ट यदुले गाउँपालिकाको रु ७१ लाख बजेटमा वडा कार्यालय भवन निर्माण गरिएको बताए । एकतले भवनमा हलसहित सात कोठा रहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ९ : १४ बजे

बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै

गलकोट– बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै देखिएका छन् ।

‘थाइल्याण्डका शाही अधिकारीद्वारा संसद् विघटनको प्रस्ताव अस्वीकार’ 

एजेन्सी– थाइल्याण्डका शाही अधिकारीहरूले संसद् विघटन गर्न सत्तारुढ दलले गरेको

निर्माण व्यवसायीविरुद्ध जनप्रतिनिधि आन्दोलनमा

गोदावरी– यहाँको गोदावरी नगरपालिकाका निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका

काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन

काठमाडौं– काठमाडौंमा एक्स ओ क्लबको भव्य उद्घाटन भएको छ ।