एन्जर्सविरुद्ध पीएसजीको शानदार जीत « Khabarhub

एन्जर्सविरुद्ध पीएसजीको शानदार जीत


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सारबिया, माउरो इकार्डी, इद्रिसा ग्युए र नेयमारले एक-एक गोल गरेका थिए ।

खेलको १३ औं मिनेटमा सारबियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा इकार्डीले गोल गर्दा पीएसजीको अग्रता २-० को बन्यो । ५९ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा नेयमारले गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको पीएसजीले ९ खेलबाट २१ अंक जोडेको छ । र, दोस्रो स्थानको नान्टेस भन्दा ५ अंकले अघि छ । एन्जर्स १६ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ७ : ४१ बजे

नबिल बैंकद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन 

काठमाडौं– नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ

पूर्वसचिव अधिकारीसहित २१ जना र दुई कम्पनीविरुद्ध मुद्दा, ४६ करोड बढी बिगो दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी– चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१

५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब ५९ करोड बढीको कारोबार

काठमाडौं– साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

बेइजिङ- चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो