शिक्षा विधेयकमा आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले बुझायो कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

शिक्षा विधेयकमा आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले बुझायो कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र


१७ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै संयुक्त विद्यार्थी संगठनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ ।  

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै संयुक्त विद्यार्थी संगठनले मंगलबार कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकारविरुद्ध रहेको उनीहरूको आरोप छ ।

त्यस्तै विद्यार्थी संगठनहरुले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निःशुल्क र समान शिक्षा को माग सहित ज्ञापन पत्र बुझाएको हो । 

संयुक्त विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले विद्यार्थीहरूको हितका लागि कानुन बनाउने सरकारको उद्देश्य रहेकाले विद्यार्थीको मागका बारेमा छलफल गर्ने आश्वासन दिए ।  

त्यस्तै नेविसंघका प्रवक्ता सुरज सेजवालले विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग सहित सबै विद्यार्थी संगठन एकै ठाउँमा आएको बताए । उनले विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै देशव्यापी आन्दोलनको घोषणा गरेको जानकारी दिए । 

संयुक्त विद्यार्थी संगठनले बाल विकासलाई विद्यालय शिक्षा भित्र समावेश गरी त्यहाँ अध्यापन गराउने शिक्षकहरूलाई शिक्षककै रूपमा कायम गर्न समेत माग गरेका छन् । 

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  १२ : २४ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत