राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग « Khabarhub

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरूको माग छ ।

तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले भने, ‘कोरोनापछि सबैतिरको व्यापार ठप्प छ, झन् होटल व्यवसायी मारमा छन्, यस्तो बेला होटललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।’

जिल्ला प्रशासन कार्यालयले राती ११ः०० बजेसम्म खोल्न पाउने अनुमति दिएको भए पनि प्रहरीले ९ः०० बजे नै बन्द गराउँदै आएकाले व्यवसायी थप मारमा परेका हुन् ।

‘प्रहरीले जबर्जस्ती ९ः०० बजे नै बन्द गराउँदै हिँडिरहेका छन्, यसले हामीलाई मार परेको छ’, उनले भने।

राति गाडीमा बाहिरबाट आउनेहरूलाई पनि मध्यनजर गर्नुपर्ने उनको भनाइ छ । तुलसीपुरमा पाँच सय बढी होटल व्यवसायी छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले होटल सञ्चालन गर्ने समयको विषयमा जिल्लाभर एकरूपता हुनुपर्ने बताए।

प्रहरीले धरपकड गर्ने गरेको भन्दै व्यवसायीले ध्यानाकर्षण गराएपछि सोमबार मात्रै उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको थियो । 
 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १२ : ४५ बजे

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी