कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट  « Khabarhub

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट 


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ ।

शहरी विकास मन्त्रालयमा भएको भेटमा विश्व बैंक र मनत्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ । 

बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौंमा शहरी भौतिक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, नदि स्वच्छता लगायतका विषयमा छलफल भएको छ । भेटमा उपाध्यक्ष जोहानेस जुटले मनत्रालयले दूई स्थानमा केन्द्रीत भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताए।  

विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र नदि र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताए। यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयका आयोजनाहरूमा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरूमा पनि थप सहकार्य हुने बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : १३ बजे

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख १५ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख