रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना  « Khabarhub

रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना 


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को कार्यालयमा धर्ना दिएको छ ।  

विधेयकमा सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले मंगलबार काठमाडौंको वनस्थलीस्थित रास्वपा कार्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको हो । 

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले शिक्षकहरूका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । 

सरकारले बेलैमा शिक्षकका मुद्दामा ध्यान नदिँदा उनीहरू राजनीतिक दलको ढोकामा पुगेर धर्ना दिनुपर्ने अवस्था आएको उनले बताए । 

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेकाले आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । 

यसअघि महासंघले एमाले, कांग्रेस र माओवादी मुख्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको थियो । 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : २१ बजे

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति