रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना  « Khabarhub

रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना 


१७ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को कार्यालयमा धर्ना दिएको छ ।  

विधेयकमा सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले मंगलबार काठमाडौंको वनस्थलीस्थित रास्वपा कार्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको हो । 

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले शिक्षकहरूका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । 

सरकारले बेलैमा शिक्षकका मुद्दामा ध्यान नदिँदा उनीहरू राजनीतिक दलको ढोकामा पुगेर धर्ना दिनुपर्ने अवस्था आएको उनले बताए । 

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेकाले आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । 

यसअघि महासंघले एमाले, कांग्रेस र माओवादी मुख्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको थियो । 

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  २ : २१ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री