पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो  | Khabarhub Khabarhub

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो 


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको छ । पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । सङ्क्रमितमध्ये आजसम्म १ सय ७४ जना निको भएका छन् ।

वीरगञ्ज र पोखरियामा हैजाको सङ्क्रमण छ । हैजा र झाडापखाला देखिएको वीरगञ्जमा समग्रमा ९ सय २० जना बिरामीमध्ये ८ सय जनाभन्दा धेरै उपचारपछि घर फर्किएका छन् ।

हैजाका नयाँ बिरामी देखिने क्रम अझै रोकिएको छैन । प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन जनचेतना र सरसफाइका काम भइरहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : ३९ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले