लेखजंगबारे समान धारणा बनाउन छलफल गर्दै रास्वपा नेताहरू « Khabarhub

लेखजंगबारे समान धारणा बनाउन छलफल गर्दै रास्वपा नेताहरू


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनबारे समान धारणा बनाउन बुधबार केन्द्रीय सचिवालयको बैठक डाकेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठक सकिएपछि नेताहरूले यसबारेमा छलफल गर्ने तयारी गरेका हुन् । तर छलफल अनौपचारिक रूपमा गर्ने नेताहरूको तयारी छ ।

रास्वपाले रुपन्देही ३ को उम्मेदवार बनाएका लेखजंग थापामाथि बहुविवाहको आरोप लागेपछि तरगं पैदा भएको छ ।

तर थापाले दोस्रो श्रीमती नुमा शर्मासँग सम्बन्ध विच्छेद भएको प्रमाण सार्वजनिक गरेपछि यसबारे नेताहरूले समान धारणा बनाउन बनाउन लागेका हुन् ।

थापाले केन्द्रीय समिति र सचिवालयलाई सम्बन्ध विच्छेद गरेको विषयमा यस अगाडि नै जानकारी गराएका थिए । तर पत्र भने मंगलबर मात्रै बुझाएका थिए ।

यसबारे सबै नेताहरूलाई जानकारी गराएर समान धारणा बनाउन बैठक बस्न लागेको रास्वपाका शीर्ष नेताहरू बताउँछन् ।

यस्तै थापाले गोप्य बैठकमा भिडियो रेकर्ड गर्ने चस्मा लगाएर गएको विषय पनि उठेको छ ।

तर यसबारे रास्वपा प्रवक्ता मनिष झाले मोबाइल निकै टाढा भएकाले चस्मा लगाए पनि औचित्य नभएको बताए । थापाले कुनै बेइमानी नगरेको झाले स्पष्ट पारे ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ०५ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स