सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल « Khabarhub

सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल


१७ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षा तथा रणनीतिक साझेदारी बढ्दै गइरहेका बेला भारत र साउदी अरबबीच संयुक्त रुपमा सैन्य उपकरण उत्पादन गर्ने सम्भावनाबारे छलफल भएको छ । भारत र साउदी अरबका संयुक्त समितिको बैठकमा यसबारे छलफल भएको हो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार गत बिहीबार आयोजित बैठकमा तालिम, औद्योगिक साझेदारी, समुद्री सहकार्य र सैन्य अभ्यासजस्ता विषयमा छलफल भएको हो । भारतले साउदी सेनालाई तालिम प्रदान गर्ने प्रस्ताव राखेको थियो ।

त्यसैगरी, साइबरस्पेस, सूचना प्रविधि, विपद् व्यवस्थापन र सामरिक सञ्चारजस्ता क्षेत्रमा सहकार्यबारे पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।

‘साउदी अरबसँग मिलेर रक्षा उपकरणको संयुक्त उत्पादन र सहकार्यको सम्भावना खोजिएको छ ।’ मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘भारत र साउदी अरबबीचको रक्षा साझेदारी विस्तारै गहिरिँदै गएको छ ।’

विज्ञप्तिमा गत अप्रिल महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणका क्रममा रणनीतिक साझेदारी परिषदमातहत मन्त्रीस्तरीय रक्षा सहकार्यबारे नयाँ समिति थप गरिएको उल्लेख छ ।

बैठकको नेतृत्व भारतका तर्फबाट सहसचिव अमिताभ प्रसाद र साउदी अरबका तर्फबाट मेजर जनरल साद मोहम्मद एच अलकथिरीले गरेका थिए ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ८ : ४८ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने