बेनी–दरवाङ सडक खुल्यो | Khabarhub Khabarhub

बेनी–दरवाङ सडक खुल्यो


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक एक दिनपछि आज अपराह्नदेखि सञ्चालनमा आएको छ ।

मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सोमबार दिउँसोदेखि अवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरेर डोजर परिचालन गरी सडक खुलाइएको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुुर जुग्जालीले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ९ : ०१ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न