जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस « Khabarhub

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरको छ ।

परिषद्को बैठकबाट सिफारिस हुने जिल्ला न्यायाधीशमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल रहेका न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए ।

त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्च अदालतका उपरजिस्ट्रार अनुपमा पन्त र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा रहेका छन्‌ ।

जिल्ला अदालतमा २७ न्यायाधीशका पद रिक्त छ । तीमध्ये २१ जना न्याय सेवा आयोगको खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ९ : ३४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते