राष्ट्रवादी शक्तिहरु एकजुट हुन प्रवासी नेपालीको सुझाव « Khabarhub

राष्ट्रवादी शक्तिहरु एकजुट हुन प्रवासी नेपालीको सुझाव


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा सम्बद्ध संगठन प्रवासी एकता समाज बोस्टनले दुई राप्रपाबीच एकता अपरिहार्य रहेको बताएको छ ।

राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी अमेरिका पुगेको अवसरमा एकता समाजले एकता अभियान थाल्न नेता लोहनीलाई संस्मरण पत्र बुझाएको हो ।

एकता समाजका अध्यक्ष राजेन्द्र शेरचनले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोहनी नेतृत्वको राप्रपा संयुक्त एक हुनुपर्ने बताए । कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष राजिब पराजुली र प्रवास महासंघका अध्यक्ष प्रेम श्रेष्ठ लगायतको उपस्थित थियो ।

उनीहरुले राप्रपा संयुक्तका अध्यक्ष लोहनीलाई राष्ट्रवादी शक्तिहरूको एकता अपरिहार्य रहेको भन्दै संस्मरण पत्र बुझाएका थिए ।

संस्मरण पत्रमा भनिएको छ, ‘हामी प्रवासमा बस्ने सम्पूर्ण राष्ट्रवादी साथीहरु प्रवासमा रहेता पनि सदैव हाम्रो राष्ट्र र राष्ट्रियताको हितमा आफ्नो आवाज कुनै न कुनै रूपमा बुलन्द गरी विभिन्न माध्यमहरु मार्फत उठाइ रहेकाछौं ।’

सत्तामा रहेको कम्युनिस्ट सरकारले जनतामाझ भ्रम छरेको, तानाशाही तन्त्र  देखाएको उनीहरुको आरोप छ ।

‘भाइ फुटे गवार लुटे’ भन्ने भनाइलाई मध्येनजर गर्दै यो अवस्थामा सम्पूर्ण राष्ट्रवादीको रुपमा चिनिने शक्तिहरुबीच मेलमिलाप तथा सहकार्य जरुरत भएको संस्मरणपत्रमा उल्लेख छ ।

उनीहरुले आफूहरुको आवाजलाई आत्मसात गर्दै निकट भविष्यमै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण अपेक्षा लिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ११ : ५८ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक