प्रधानमन्त्री ओलीले २ बजेदेखि टीका लगाइदिने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले २ बजेदेखि टीका लगाइदिने


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउनुहुने कार्यक्रम तय भएको छ ।

यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय गरिएको छैन ।

प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनेछन् । दशैँको नवमीका दिन प्रधानमन्त्री ओली गृह जिल्ला झापामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  २ : ०५ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंक बढीको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी

सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

कञ्चनपुर– सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि