एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ « Khabarhub

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।  

शुक्रबार प्रतिनिधिसभा बैठकका सांसद सुव्वाले सूरको प्रकृति र गम्भीरतालाई ख्याल नगरी हचुवाका भरमा गरिएको जरिवाना प्रणालीकै कारण नेपालीको ज्यान गएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।

उनले नेपालीको मृत्युले राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि पनि गम्भीर प्रश्न उठेको धारणा राखिन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र परिवारलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न उनले माग गरिन् । 

साथै सांसद सुव्वाले नयाँ र पुरानोबीच कृत्रिम विभाजनको भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाइन्  । 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : ५४ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना