बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही « Khabarhub

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह यस अघि काठमाडौं महानगरको मेयर भएको कारण काठमाडौंमा गरिब दुःखी बाँच्न नपाउने अवस्था बनेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै शाहीले गणेश नेपालीको आत्मदाह प्रसंगसँग जोडेर अघिल्लो पटक मेयर बनेकै कारणले यो अवस्था सिर्जना भएको बताएका हुन् ।

‘यो गरिब, दुःखी र निमुखा जनताको पनि सहर हो वा होइन ? यदि गरिब, दुःखी जनताको सहर हो भने यो नेपालको राजधानी किन हो ? नेपालको राजधानी हो भने यो गरिब, दुःखी, सर्वहारा वर्गको र जनताको पनि सहर हो’, उनले भने, ‘आज गरिब, दुःखी जनता यो सहरमा बाँच्न नपाउने भैसके अघिल्लो पटक मेयर भएका कारणले गर्दा यो अवस्था आज सिर्जित बनेको छ ।’

शाही संसदमा सरकार अरबपति र करोडपतिलाई नचाहिने भन्दै सरकार गरिब, निमुखा र अपहेलितलाई चाहिने बताए । अहिलेको सरकारको नीति भने उल्टो भएको उनको भनाइ छ ।

‘आज सरकारका ऐन, नीति, नियमहरू हेर्दा सुविधा र व्यवस्था हुने खाने अरबपतिको पक्षमा केन्द्रित देखिन्छ, म नियम, ऐन, मन्त्रिपरिषद्का निर्णय ल्याएर पढाउन सक्छु’, उनले भने, ‘जसको खल्तिमा पैसा छ उसले नेपालमा बाँच्न पाउँछ, जसको खल्तिमा पैसा छैन, उसको जीवनको कुनै मूल्य छैन भन्ने जस्ता शन्देशहरू सरकारका नीति तथा कार्यक्रमहरूले दिइरहेका छन् ।’

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  २ : ०४ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना