यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकल बिन्दु सेवा लागू गरिने « Khabarhub

यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकल बिन्दु सेवा लागू गरिने


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन ‘एकल बिन्दु’ सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयबाट त्यस्तो सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

एकल बिन्दु सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै स्थानबाट सेवाग्राहीलाई सम्पूर्ण यातायातसम्बन्धी सेवा प्रवाह हुनेछ । हालसम्म सवारिसाधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारी साधन जाँचपास, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियाको लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । यो सेवा लागू भएपछि समयको बचतका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्नेछ । 

मुख्यमन्त्री कँडेलले सेवा सञ्चालन भएसँगै आमनागरिकलाई यातायातसम्बन्धी सेवा लिन ढिलाइ नहुने बताए। उनले एकल विन्दु सेवा केन्द्र सञ्चालन भएसँगै एकैस्थानबाट छिटो र पारदर्शी सेवाप्रवाह हुने विश्वास व्यक्त गरे । 

बैठकमा प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमअन्तर्गत गत आव २०८१-८२ को वार्षिक कार्यक्रम तथा बजेटको समीक्षा, आव ०८२र८३ को स्वीकृत कार्यक्रम तथा बजेटकाबारे सदस्यहरूलाई जानकारी गराएको छ । 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : ०५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन