एक सातामा २ सय ६० जनामा डेंगु पुष्टि, सङ्क्रमितको सङ्ख्या ३८ सय नाघ्यो  « Khabarhub

एक सातामा २ सय ६० जनामा डेंगु पुष्टि, सङ्क्रमितको सङ्ख्या ३८ सय नाघ्यो 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक साता देशभरीमा २ सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २६० जनामा डेङ्गु पुष्टि भएसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार ८११ पुगेको छ । हालसम्म  दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । 

हालसम्मको रिपोर्ट अनुसार डोल्पा, हुम्ला र मनाङ बाहेक ७४ ओटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ३८ जनामा डेङ्गु पुष्टि भएको छ ।

 त्यसैगरी बागमतीमा ७९६, कोशीमा ६३५, लुम्बिनीमा ६७०, सुदूरपश्चिममा ४४७, कर्णालीमा १४८ र मधेश प्रदेशमा ७७ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ७ : १३ बजे

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की

नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण

फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई