महराविरुद्ध पक्राउ पूर्जी जारी, आजै पक्राउ पर्न सक्ने | Khabarhub Khabarhub

महराविरुद्ध पक्राउ पूर्जी जारी, आजै पक्राउ पर्न सक्ने


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जबरजस्ती करणी उद्योगअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले महराविरुद्ध फक्राउ पूर्जी जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महराविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

लामो समयको सार्वजनिक बिदाको समयमा जरुरी महत्वका काम गर्न गठन गरिएको इजलाशबाट महराविरुद्धको पक्राउ पूर्जी जारी भएको हो ।

महानगरीय प्रहरी बृत्त बानेश्वरले जरुरी महत्वको पक्राउ पूर्जी जारी गर्ने सम्बन्धमा दिएको निवेदन स्वीकृत गर्दै पक्राउ पूर्जी जारी भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी दिए ।

महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै गत शुक्रबार उनीविरुद्ध महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दर्ता भएको थियो ।

प्रहरीले महराविरुद्ध जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

अदालतले पक्राउ पूर्जी जारी गरेसँगै महरालाई पक्राउ गर्ने बाटो खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महरा संभवत् आइतबार नै पक्राउ पर्न सक्छन् ।

संघीय संसद सचिवालयमा कार्यत महिला कर्मचारीले महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।
महिला कर्मचारीले लगाएको यौन दुव्र्यवहारको आरोप पछि महराले गत मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए ।

पीडित भनिएकी महिलाले विभिन्न सञ्चारमाध्यममा पटक पटक आफ्नो बयानबाजी बदलिरहेपनि अन्नतः शुक्रबार महराविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ३ : ५१ बजे

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट

सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहा– जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै

शंकर पोखरेलको दाबी- विद्या भण्डारीलाई उसबेला राष्ट्रपति नहुनु भनेको थिएँ, उहाँ धैर्यता रहेनछ

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूले विद्या भण्डारीलाई

आमिर खानको ‘सितारे जमिन पर’ अब युट्युबमा 

काठमाडौं– बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सीतारे जमिन पर’ हलमा

शेखरको स्पष्टीकरण- सरकार फेरबदलको खेलमा लागेको छैन, दलको नेता फेर्ने अंकगणित मसँग छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन