महराविरुद्ध पक्राउ पूर्जी जारी, आजै पक्राउ पर्न सक्ने « Khabarhub

महराविरुद्ध पक्राउ पूर्जी जारी, आजै पक्राउ पर्न सक्ने


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जबरजस्ती करणी उद्योगअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले महराविरुद्ध फक्राउ पूर्जी जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महराविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

लामो समयको सार्वजनिक बिदाको समयमा जरुरी महत्वका काम गर्न गठन गरिएको इजलाशबाट महराविरुद्धको पक्राउ पूर्जी जारी भएको हो ।

महानगरीय प्रहरी बृत्त बानेश्वरले जरुरी महत्वको पक्राउ पूर्जी जारी गर्ने सम्बन्धमा दिएको निवेदन स्वीकृत गर्दै पक्राउ पूर्जी जारी भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी दिए ।

महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै गत शुक्रबार उनीविरुद्ध महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दर्ता भएको थियो ।

प्रहरीले महराविरुद्ध जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

अदालतले पक्राउ पूर्जी जारी गरेसँगै महरालाई पक्राउ गर्ने बाटो खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महरा संभवत् आइतबार नै पक्राउ पर्न सक्छन् ।

संघीय संसद सचिवालयमा कार्यत महिला कर्मचारीले महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।
महिला कर्मचारीले लगाएको यौन दुव्र्यवहारको आरोप पछि महराले गत मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए ।

पीडित भनिएकी महिलाले विभिन्न सञ्चारमाध्यममा पटक पटक आफ्नो बयानबाजी बदलिरहेपनि अन्नतः शुक्रबार महराविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ३ : ५१ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री