चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई बोकेको विमान केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उनको सचिवालयले जनाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गते शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन उनी चीन गएका थिए।

सन् २००१ मा स्थापना भएको एससिओ हाल विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक मानिन्छ। यसमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य छन् भने अफगानिस्तान र मंगोलिया पर्यवेक्षकका रूपमा रहेका छन्। नेपालसहितका केही राष्ट्रहरू संवाद साझेदार (डायलग पार्टनर) का रूपमा संलग्न छन्।

भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।

ओलीसँग पत्नी राधिका शाक्य, दुई मन्त्री, नेपाली कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र पत्रकारसहित २३ सदस्यीय टोली सहभागी भएको थियो।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १० : ०८ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला