यी भूभागमा मध्यम वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी चल्ने | Khabarhub Khabarhub

यी भूभागमा मध्यम वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी चल्ने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका थोरै र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : २४ बजे

लेखजंगको उम्मेदवारी तलमाथि नहुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा हुन गइरहेको

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आयो

ढोरपाटन– पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको

नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने 

काठमाडौं– नेपाल लाइफ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ

सरकारले सरकारसँग गरेको नौटंकी सम्झौता

दुई तिहाइको बलियो सरकारले पेरि अर्को कर्मकाण्ड देखायो, कार्य सम्पादन