एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित « Khabarhub

एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

गएराति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को पहिलो खेलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले एक–एक गोल गरेका थिए ।

नेपालले अब शनिबार सिरियासँग खेल्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । सिरियाले बुधबार भएको खेलमा फिलिपिन्सलाई २–१ गोलले हराएको छ ।

समूह ‘के’ मा नेपालसहित, ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् ।

प्रत्येक समूह विजेता अन्तिम चरणमा छनोट हुनेछन् । साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउने छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : २२ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति