पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन | Khabarhub Khabarhub

पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत र चीनलाई ट्यारिफको नाममा धम्क्याउने काम रोक्न चेतावनी दिएका छन्।

उनले भारत र चीन दुवै देशहरू धम्कीबाट डराउने राष्ट्रहरू नभएका पनि बताएका छन् । चीनको भिक्ट्री डे परेडमा सहभागी भएपछि बुधबार मिडियासँग कुरा गर्दै पुटिनले भने, ‘ट्रम्प भारत वा चीनसँग यस किसिमले कुरा गर्न सक्दैनन्।’

रूसी राष्ट्रपति पुटिनले भारत र चीनको इतिहास कयौँ आक्रमणहरूले भरिएको पनि बताए । यदि यी देशका नेताले कमजोरी देखाए भने उनको राजनीतिक करिअर समाप्त हुने पनि बताएका छन् ।

ट्रम्पले पटक–पटक आरोप लगाउँदै तेल खरिद गरेर भारतले युक्रेन युद्धमा रूसलाई साथ दिइरहेको बताइरहेका छन् । ट्रम्पले आफ्नो ट्यारिफलाई युद्ध रोक्ने हतियारका रूपमा प्रस्तुत गर्दै आएका छन्।

ट्रम्पले बुधबार द स्कट जेनिङ्स रेडियो शोमा ट्यारिफ नीतिले अमेरिकालाई शक्ति दिने बताएका थिए। उनले ट्यारिफलाई ‘जादुयुक्त हतियार’ भन्दै यसकै कारण सातवटा युद्ध रोकिएको दाबी गरे।

पुटिनको जवाफ – ट्रम्प रूढीवादी मानसिकता भएका व्यक्ति

पुटिनले अमेरिकाको रवैयालाई पुरानो र रूढीवादी मानसिकता भएको बताए। उनले भने, ‘औपनिवेशिक युग समाप्त भइसकेको छ। अमेरिका आफ्ना साझेदारहरूसँग यस्तो भाषामा कुरा गर्न सक्दैन भन्ने बुझ्नुपर्नेछ।’

तर उनले भविष्यमा तनाव घटेर सामान्य राजनीतिक संवाद फेरि सुरु हुने बताएका छन् ।

पुटिनको टिप्पणी त्यस्तो बेला आएको हो, जब भारत रूसी तेल किन्ने कारण अमेरिकाको ट्यारिफको दबाबमा थियो । चीन-अमेरिकासँग व्यापार युद्धमा अल्झिएको छ।

सेप्टेम्बर १ मा चीनको थियान्चनिमा सांघाई सहयोग संगठनको बैठक भएको थियो। बैठकअघि भएको फोटो सेसनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति पुटिन एकसाथ देखिए।

तीनै नेताहरूलाई हात समात्दै आपसी मित्रताको संकेत गरेको देखिएको थियो । जसले अमेरिकालाई असहज बनाएको बताइएको छ।

प्रधानमन्त्री मोदीले रूसलाई ‘विशेष र विश्वसनीय साझेदार’ भनेका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले भने दुनियाका दुई सबैभन्दा बढी जनसंख्या भएका मुलुकहरूबीच मित्रता हुनु आवश्यक रहेको बताएका थिए ।

मोदी–पुटिन कारभित्र १ घण्टा गोप्य वार्ता

एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिनबीच द्विपक्षीय वार्ता भएको थियो। पुटिनले आफ्नो लक्जरी कार एयुआरयुएस लिमोजिनमा मोदीलाई साथमा राखी यात्रा गराएका थिए।

बाटोभरर दुवै नेताबीच वान–टु–वान वार्ता भयो। होटल पुगेपछि पनि उनीहरू तुरुन्तै कारबाट नउत्री लगभग ५० मिनेटसम्म कुराकानी जारी राखेका थिए।

पुटिनले मोदीलाई अलास्कामा ट्रम्पसँग भएको भेटवार्ताबारे जानकारी दिएका थिए। तर उनले विस्तृत खुलासा गर्न अस्वीकार गरेका थिए।

मस्कोका राजनीतिक विश्लेषकहरूका अनुसार कारभित्र भएको यो वार्ता दुवै नेताबीच महत्वपूर्ण र गोप्य संवाद थियो, जसमा सार्वजनिक रूपमा बोल्न नसकिने विषयहरू छलफल भएका थिए।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ३७ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा