दशैं-तिहार मनाएर माओवादीले सरकारविरुद्ध आन्दोलन थाल्ने « Khabarhub

दशैं-तिहार मनाएर माओवादीले सरकारविरुद्ध आन्दोलन थाल्ने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ठूला चाडपर्व (दशैँ-तिहार) पछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएर सुशासन कमजोर भएकाले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादोन्मुख राज्यव्यवस्थाका स्वरुप र त्यसका प्रष्ट दृष्टिकोणबारे जनमत सिर्जना गर्दै जाने उनले बताए ।

त्यस्तै बैठकले भाद्र २१ गतेबाट पुन सुरु हुने पार्टीको मध्यपहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

उनले अभियानका सन्दर्भमा ठूला सभाभन्दा अन्तरक्रिया, अन्तरसंवादमा जोड दिने निर्णय भएको उल्लेख गरे ।

प्रवक्ता सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अध्ययन गर्ने उल्लेख गर्दै प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर उद्यत भएको देखिएको बताए ।

बैठकमा स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफल भएको बताउँदै उनले त्यसबारे पछि निर्णय हुने उनले उल्लेख गरे ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेकपाबीचको एकताका लागि भइरहेको छलफलबारे जानकारी गराएको प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ४३ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट