एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने « Khabarhub

एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने भएको छ ।  

बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक हजार वटा टिकट बिक्री गर्ने जनाएको हो । यसअघि एन्फाले सामान्य प्याराफिट तर्फ ७ हजार वटा टिकट बिक्री गर्ने जनाएको थियो ।

मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको छ ।

दुवै खेलको बिजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। यदि दुवै खेलबाट समग्रमा नजिता नआए दोश्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत बिजेता तय गरिने उनले बताए  । 

उनले मैत्रीपूर्ण फुटबलका लागि सवै तयारी पुरा भएको उल्लेख गर्नुभयो । प्रतियोगीताको अनुमानीत बजेट १ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ । 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ५२ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने