एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशत छुट  | Khabarhub Khabarhub

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशत छुट 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट पाउन सक्ने भएका छन्  ।  एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रालिबीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो । 

सम्झौता अनुसार बैंकका कर्मचारी-परिवार एवं ग्राहकहरूले हस्पिटलले प्रदान गर्ने सेवाहरूमा विशेष छुट पाउनेछन् ।हस्पिटलले प्रदान गर्ने सेवाहरू बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्स-रे, फजियोथ्रापी र मेडिसिनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ प्रतिशतदेखि १५ प्रतिशत सम्म छुट पाउनेछन् ।  

सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरूलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग,  मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड  प्रयोग गर्नुपर्नेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : १४ बजे

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे

काठमाडौं – संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अदूरदर्शी र प्रतिगमनकारी : डा. भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल बन्द

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : अध्यक्ष यादव

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

महाधिवेशन नेतृत्व चयन, नीति र उद्देश्य निर्धारण गर्ने थलो होः सभापति देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने