काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन « Khabarhub

काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा एक्स ओ क्लबको भव्य उद्घाटन भएको छ । करिब ३० करोड रुपैयाँको लगानीमा बनेको यस क्लबले देशकै मनोरञ्जन क्षेत्रमा नयाँ स्तर स्थापित गरेको क्लबले जनाएको छ ।

क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार सुरुवातदेखि नै एक्स ओ क्लबले आफू फरक हुने संकेत दिएको थियो । आधिकारिक उद्घाटन हुनु अघि नै, आफ्टरआवोर्ससँग मिलेर  गरिएको अन्डर-कन्स्ट्रक्सन पार्टीले काठमाडौंलाई पहिलो पटक विश्व स्तरीय क्लबको झलक दिएको थियो।

क्लबका अनुसार यहाँ विश्व प्रसिद्ध एड्मसन स्पिकर जडान गरिएको छ, जुन विश्व ठुला क्लब र फेस्टिभलहरूले प्रयोग गदै आएका छन् ।

क्यानडाबाट स्वयं कालोस सालाबेरी आएर यसलाई ट्युन गरेका क्लबले जनाएको छ । अत्याधुनिक लाइटिङ, साउण्डप्रुफिङ र  प्रविधिहरूसँगै संगीत प्रेमीलाई पूर्णतया डुब्ने अनुभव दिलाउने गरी तयार गरिएको क्लबको दाबी छ ।

टीम एक्स एलका संस्थापक शशिन्द्र चित्रकारको नेतृत्वमा बनेको यस परियोजनामा विनय अमात्य (प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक तथा अडियो इन्जिनिय) सक्रिय रूपमा संलग्न छन्।  

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : ५६ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको