काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन | Khabarhub Khabarhub

काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा एक्स ओ क्लबको भव्य उद्घाटन भएको छ । करिब ३० करोड रुपैयाँको लगानीमा बनेको यस क्लबले देशकै मनोरञ्जन क्षेत्रमा नयाँ स्तर स्थापित गरेको क्लबले जनाएको छ ।

क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार सुरुवातदेखि नै एक्स ओ क्लबले आफू फरक हुने संकेत दिएको थियो । आधिकारिक उद्घाटन हुनु अघि नै, आफ्टरआवोर्ससँग मिलेर  गरिएको अन्डर-कन्स्ट्रक्सन पार्टीले काठमाडौंलाई पहिलो पटक विश्व स्तरीय क्लबको झलक दिएको थियो।

क्लबका अनुसार यहाँ विश्व प्रसिद्ध एड्मसन स्पिकर जडान गरिएको छ, जुन विश्व ठुला क्लब र फेस्टिभलहरूले प्रयोग गदै आएका छन् ।

क्यानडाबाट स्वयं कालोस सालाबेरी आएर यसलाई ट्युन गरेका क्लबले जनाएको छ । अत्याधुनिक लाइटिङ, साउण्डप्रुफिङ र  प्रविधिहरूसँगै संगीत प्रेमीलाई पूर्णतया डुब्ने अनुभव दिलाउने गरी तयार गरिएको क्लबको दाबी छ ।

टीम एक्स एलका संस्थापक शशिन्द्र चित्रकारको नेतृत्वमा बनेको यस परियोजनामा विनय अमात्य (प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक तथा अडियो इन्जिनिय) सक्रिय रूपमा संलग्न छन्।  

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : ५६ बजे

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो