निर्माण व्यवसायीविरुद्ध जनप्रतिनिधि आन्दोलनमा « Khabarhub

निर्माण व्यवसायीविरुद्ध जनप्रतिनिधि आन्दोलनमा


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोदावरी– यहाँको गोदावरी नगरपालिकाका निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । 

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरू आन्दोलनमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरूले सडकमै वडा कार्यालय सञ्चालन गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रप्रसाद भट्टले बताए। 

वडाध्यक्षहरूले एडभेन्चर थिगिम जेभी र तेडी निर्माण सेवाले सडक निर्माणमा चरम लापरबाही गरेकाले सांकेतिक विरोधस्वरुप वडा कार्यालय सडकबाट सञ्चालन गरेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए। 

उनले दुई दिनभित्र सुनवाई नभए अत्तरिया चौराहामा विरोधका कार्यक्रम गरिने चेतावनी दिए । आन्दोलनमा स्थानीयले पनि साथ दिएका छन् । वडाध्यक्षहरूले सुरु गरेको विरोध कार्यक्रमस्थलमा प्रदेशसभा सदस्य तुलसी देवकोट, गोदावरी नगरपालिकाका नगरप्रमुख भट्ट सहभागिता जनाएका थिए । 
 
प्रदेश गौरवको आयोजना चौकीडाँडा–फल्टुडे सडक अन्तरगत सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्म दुई हजार २०० सय मिटर सडक २०७७ भदौ १८ गते सो कम्पनीलाई ठेक्कामा दिइएको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेखालसम्म तीन किलोमिटर कालोपत्र गर्न २०७९ चैत १८ गते तेडी निर्माण सेवासँग सम्झौता गरिएको थियो । उक्त सम्झौताअनुसार १८ महिनामा सक्नुपर्ने काम अझै पूरा छैन ।
 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : ०८ बजे

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक