बागमती मन्त्रिपरिषद् मातहत तीन समिति गठन गरिने | Khabarhub Khabarhub

बागमती मन्त्रिपरिषद् मातहत तीन समिति गठन गरिने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् मातहत तीन वटा समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले राजनीतिक समितिको संयोजकमा कृषि तथा पशुपंक्षीमन्त्री मधुसुधनप्रसाद पौडेल, प्रशासन तथा विधेयक समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र सामाजिक, आर्थिक र पूर्वाधार विकास समितिको संयोजकमा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे रहनुभएको समिति गठन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । 

उक्त बैठकले प्रदेशको सहकारी तथा गरिबी विवरण मन्त्रालयको सचिवमा खुमराम अधिकारीलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । उक्त बैठकले प्रदेश आर्थिक कार्य विधि विधेयक र प्रदेश खानेपानी, सरसफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयकलाई प्रदेशसभा सचिवालयमा दर्ता गराउन स्वीकृत प्रदान गरेको छ ।

सो बैठकले मुख्यमन्त्री साहसी सम्पदाका लागि जिब्रो छेड्ने परम्परालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्न ल्याइएको प्रस्तावलाई स्वीकृत प्रदान गरिएको प्रवक्ता तामाङले बताए।

सोही बैठकले जिल्लाहरूमा १० लाखभन्दा माथिका विभिन्न योजनालाई निर्माण गर्ने क्रममा अब उपभोक्ता समितिको सट्टा ठेक्का बोलपत्रको माध्यमबाट काम गराउन दिने स्वीकृत प्रदान गरेको छ ।

बैठकले प्रदेशको विभिन्न मन्त्रालयमा र पूर्वाधार विकासमा अस्थायी दरबन्दीको संरचनालाई स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : ४२ बजे

जलवायु परिवर्तनको असरः पोर्चुगलमा ९४ वर्षयताकै सबैभन्दा धेरै गर्मी

पोर्चुगल – पोर्चुगलले सन् २०२५ मा ९४ वर्षयताकै सबैभन्दा बढी

देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्दैछ

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय