३० लाख उइग्युरलाई आफ्नो देश आउन दिने सूचना मिथ्या : टर्की « Khabarhub

३० लाख उइग्युरलाई आफ्नो देश आउन दिने सूचना मिथ्या : टर्की


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीले ३० लाख उइग्युरलाई आफ्नो देश आउन दिने सूचना मिथ्या भएको प्रस्ट पारेको छ । टर्कीको राष्ट्रपतीय सञ्चार निर्देशनालयले ३० लाख उइग्युरलाई स्वागत गर्ने विषयमा चीनसँग सम्झौता भएको भन्ने दाबीमा कुनै सत्यता नरहेको प्रष्ट पारेको हो ।

राष्ट्रपतीय सञ्चार निर्देशनालय मातहतरहेको मिथ्या सूचना प्रतिकार केन्द्रले विज्ञप्ति जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा आइरहेको यस्तो दाबीमा कुनै सत्यता नरहेको जनाएको हो । ‘३० लाख उइग्युरलाई ल्याउने विषयमा टर्की र चीनबीच सम्झौता भएको दाबी पूर्ण रुपमा आधारहीन र मिथ्या सूचना हो ।’ विज्ञप्तिमा भनिएको छ ।

यसबारे दुई देशबीच कुनै सम्झौता वा छलफल नै नभएको विज्ञप्तिलाई उद्धृत गर्दै तुर्किएटुडेले जनाएको छ । टर्किस अधिकारीहरुले अन्तर्राष्ट्रिय रुपमा संवेदनशील मुद्दामा आधिकारिक वक्तव्यमा मात्रै विश्वास गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : २६ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा