वर्ल्ड लिंकमा अब फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने « Khabarhub

वर्ल्ड लिंकमा अब फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बन्द गरेको सामाजिका सञ्जाल अब वर्ल्ड लिंकमा समेत बन्द भएका छन् । वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले सूचना जारी गर्दै नचल्ने बताएको हो ।

नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन्।

नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्म हालका लागि बन्द गरिएको जनाएको छ।

प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ।

एनसेलले सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिसकेको छ ।

प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो। त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन्।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ९ : २४ बजे

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।