संसदमा कांग्रेसको प्रश्न– विप्लवलाई हेर्ने सरकारको धारणा के हो ? « Khabarhub

संसदमा कांग्रेसको प्रश्न– विप्लवलाई हेर्ने सरकारको धारणा के हो ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाल कम्युनिष्ट पार्टी (विप्लव)लाई हेर्ने सरकारको आधिकारीक धारणा माग गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले नख्खुस्थित एनसेलको कार्यलयसहित देशभरका २१ स्थानमा विप्लव समूहले वम आतंक मच्चाएपनि सरकार चुप लागेर बसेको आरोप लगाए ।

उनले विप्लवलाई हेर्ने सत्तारुढ दल नेकपा र सरकारको धारणा माग गरे ।

नेपाल सरकार र सत्तारुढ दल नेकपाको विप्लवको पार्टी प्रतिको दृष्किोण केहो ?’ संसदमा प्रश्न गर्दै सांसद देवले भने,‘ विप्लवको पार्टी आतंकवादी पाटी हो कि ? विप्लवको पार्टी एउटा राजनीतिक पार्टी होकी, विप्लवको पार्टी राजनीतिक र कामकारवाही आतंककारी हो कि ? के हो ?’

‘नेकपा र सरकारको विप्लवलाई हेर्ने दृष्टिकोण के हो ?’ देवले प्रश्न गरे ।

यो घटनालाई सतही रुपमा हरियो भने आगामी दिनमा देश ठूलो द्वन्द्वमा फस्ने भनाइ सांसद देवको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : ०५ बजे

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण