राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ : उपप्रधानमन्त्री सिंह


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताएका छन्। उनले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताए। 

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘यहाँका विद्यार्थी केबल शिक्षित मात्र होइन, सक्षम, दक्ष र प्रतिस्पर्धी पनि छन् । स्वदेशमै उत्कृष्ट शिक्षा लिन सकिन्छ भन्ने उदाहरण यो क्याम्पसले प्रस्तुत गरेको छ ।’

कन्या बहुमुखी क्याम्पसले विशेष गरी महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले विगत ४५ वर्षको यात्रा अत्यन्तै प्रेरणादायक रहेको बताए। स्थापनाकालमा ७७ विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले करिब ७०० विद्यार्थीको शिक्षाको थलो बनेकाले आफैँमा एक ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले भने, ‘यस क्याम्पसले नारीको शिक्षामा मात्र नभई समग्र शिक्षा प्रणालीमै गुणस्तरीय योगदान पुर्‍याउँदै आएको छ । देशका करिब ६० भन्दा बढी जिल्लाका विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् । यसबाट नै यहाँको लोकप्रियता र प्रभाव स्पष्ट हुन्छ ।’

यस क्याम्पसबाट अध्ययन गरेर विद्यार्थीले देशका विभिन्न आयोग, सरकारी निकाय तथा निजी क्षेत्रसम्म सफलतापूर्वक रोजगार पाएका तत्थ्यांकले देखाएकाले यहाँ अध्ययन गरेका विद्यार्थी सबै क्षेत्रमा उत्कृष्ट भएको आफूले महसुस गरेको उपप्रधानमन्त्री सिंहले बताए । हाल क्याम्पसमा विद्यार्थीको चाप बढ्दै गएकोप्रति पनि ध्यानाकर्षण गराउँदै उनले शिक्षा क्षेत्रमा थप स्तरोन्नतिको आवश्यकता औँल्याए । 

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसकी प्रमुख अपराजिता अर्यालले क्याम्पसले हाल विभिन्न चुनौतीका बाबजुद पनि शैक्षिकस्तरलाई उत्कृष्ट बनाउन सफल भएको बताए।

‘विविध चुनौतीबीच पनि हाम्रो क्याम्पसले देशभरिमा आफूलाई उत्कृष्ट शैक्षिक संस्था बनाउनेतर्फ कदम चालेको छ,’ उनले  भने । 

कार्यक्रममा विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिएको थियो भने केही प्राध्यापक र कर्मचारीलाई लामो समयको योगदानका लागि कदरपत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थीलगायत विभिन्न शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : ५४ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ