एन्फाको आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै « Khabarhub

एन्फाको आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ । 

काठमाडौंको दशरथ रंगशालामा भाद्र २१ गते शनिबार र भाद्र २४ गते मंगलबार नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुन लागेको हो । 

मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशको टोली पनि नेपाल आइसकेको छ । दुवै खेलको बिजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । मैत्रीपूर्ण फुटबलका लागि आफूहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने दुवै टोलीका कप्तान र मुख्य प्रशिक्षकले जनाएका छन् ।

मैत्रीपूर्ण फुटबलअघि शुक्रबार काठमाडौंमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मैत्रीपूर्णका लागि तयारी अवस्थामा रहेको र जित हासिल गर्ने बताए । घरेलु मैदानमा खेल हुने भएकाले पनि आफूहरू उत्साहित रहेको उनको भनाइ छ ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मैत्रीपूर्ण खेलमा जीतको लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए । उनले घरेलु मैदामा राम्रो प्रतिस्पर्धा हुने र जित हासिल गर्ने जिकिर गरे ।

त्यसैगरि बंगलादेशका प्रशिक्षक र कप्तानले पनि बलियो टिम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रिपूर्ण खेल दशरथ रङ्गशालामा शनिबार साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ । 

मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र समान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : १३ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले