श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु « Khabarhub

श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय पर्यटकहरू बोकेको बस करिब तीन सय मिटर तल झरेर दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

राजधानीबाट करिब एक सय ३० किलोमिटर पूर्वमा रहेको पहाडी एला क्षेत्रमा बिहीबार राति बस दुर्घटना हुँदा बसमा रहेका अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ । पहाडमा छुट्टी मनाएर घर फर्किरहेको समयमा बस अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

यसअघि मे महिनामा कोटमालमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । टापु राष्ट्रका घुमाउरो सडकहरूका कारण श्रीलङ्कामा हरेक वर्ष औसत तीन हजार सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : १७ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र