भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पत्नीसहित अयोध्यामा « Khabarhub

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पत्नीसहित अयोध्यामा


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अयोध्या- भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र उनकी पत्नी ओम ताशी डोमासहितको भुटानी टोली शुक्रबार अयोध्या आइपुगेका छन् ।

उत्तर प्रदेशका मन्त्री सूर्य प्रताप शाहीले विमानस्थलमा भुटानी टेलीलार्ई स्वागत गरेको जनाइएको छ । प्रधानमन्त्री छिरिङ तोब्गेले अयोध्यामा श्री राम लल्ला, हनुमानगढी र अन्य मन्दिरहरूमा पूजा गर्ने कार्यक्रम छ ।

अयोध्याको आध्यात्मिक भ्रमणमा तोब्गेले बिहारको प्राचीन शिक्षामा निहित ‘नालन्दा सस्कृति संरक्षण गर्नुपर्ने बताउँदै भुटानले यसको प्रसार र संरक्षणमा आफ्नो भूमिका खेल्ने आश्वासन दिएका छन् ।

स्वागत कार्यक्रममा बोल्दै तोब्गेले नालन्दा महावीरको परम्परालाई निरन्तरता दिइ भुटानलाई राजगिरमा मन्दिर निर्माण गर्ने अवसर दिएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् ।

उनले यो ऐतिहासिक सहर राजगिर भ्रमण गर्ने अवसर दिएकोमा पनि धन्यवाद ज्ञापन गरेका छन् ।

नालन्दा विगतको विश्वविद्यालय मात्र नभई शान्ति, एकता र आध्यात्मिकताको स्तम्भ भएको जिकिर गर्दै उनले यसले विश्वलाई निरन्तर प्रेरणा दिइरहेको बताए ।

वज्रयान बौद्ध राज्यको रूपमा भुटानले आध्यात्मिक र सांस्कृतिक परम्परालाई संरक्षण गर्न नालन्दाको भूमिकालाई सम्मान गर्दै नालन्दासँगको सहकार्य र ऐतिहासिक सम्बन्ध विस्तार हुने बताएका छन् ।

विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री छिरिङ तोब्गे र उनकी पत्नी ओम ताशी डोमा सेप्टेम्बर ३ देखि ६ सम्म भारतको आधिकारिक भ्रमणमा रहने छन् ।

भ्रमण तोब्गेको फेब्रुअरी २० देखि २१ सम्मको भारत भ्रमणपछि भएको हो, जसमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको ‘स्कूल अफ अल्टिमेट लिडरसिप’ को उद्घाटन नेतृत्व सम्मेलनमा भाग लिएका थिए । भ्रमणले भारत र भुटानबिचको सहयोग र सम्बन्धलाई जोड दिएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

विदेश मन्त्रालयको विज्ञप्तिअनुसार अघिल्लो भ्रमणका क्रममा प्रधानमन्त्री तोब्गेले प्रधानमन्त्री मोदीसँग वार्ता गरेका थिए भने रेलमन्त्री अश्विनी वैष्णव, संसदीय मामिला मन्त्री किरेन रिजिजु, विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा र भारत सरकारका अन्य वरिष्ठ अधिकारीहरूले पनि भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ५ : २५ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन