पाकिस्तानको आदियाला कारागारमा एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च « Khabarhub

पाकिस्तानको आदियाला कारागारमा एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको रावलपिण्डीस्थित आदियाला कारागारमा एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च रहेको पाइएको छ । उसैपनि अत्यधिक भीडभाड रहेको यस कारागारमा १ सय ४८ जना एचआईभी सङ्क्रमित बन्दी छन् ।

यो पञ्जाब प्रान्तका कारागारमा भेटिएका सबैभन्दा धेरै एचआईभी सङ्क्रमितको सङ्ख्या हो । पञ्जाब एड्स नियन्त्रण कार्यक्रमको तथ्याङ्कमा यस्तो पाइएको हो ।

२ हजारभन्दा कम क्षमता रहेको यस कारागारमा हाल ४ हजार ३ सयभन्दा धेरै बन्दी राखिएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार यस प्रकोपलाई कारागारभित्र स्वास्थ्य सेवामा लापरवाहीको परिणामका रुपमा अथ्र्याएको छ ।

पाकिस्तानमा असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रक्तदान, निर्मलीकरण नगरिएका सिरिन्जको प्रयोगजस्ता अभ्यासका कारण पाकिस्तानमा एचआईभीको सङ्क्रमण बढ्दै गएको जनाइएको छ । सन् २०१९ मा पाकिस्तानको राटो डेरो क्षेत्रमा एक जना चिकित्सकले असुरक्षित सिरिन्ज प्रयोग गर्दा सयौँ बालबालिका एचआईभीबाट सङ्क्रमित भएको घटना सार्वजनिक भएको थियो ।

त्यसैगरी, पाकिस्तानमा सिरिन्जबाट लागूऔषध लिने ४० प्रतिशत दुव्र्यसनी एचआईभी पोजेटिभ छन् । यस्तै अभ्यासका कारण कारागारसम्म एचआईभीको सङ्क्रमण फैलिएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : १३ बजे

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा