एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा « Khabarhub

एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको देखिएको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने अधिकारमा प्रतिबन्ध लागेको छ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतलाई कार्यसूचीबाटै हटाइदिएका हुन्। फरक मत राख्न करिब ३० मिनेटसम्म हलमा उभिएका थापालाई ओलीले बोल्नै नदिएका हुन् ।

थापाले महाधिवेशनका लागि ३२ पृष्ठ लामो फरक मत तयार पारेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरेका थिए। पार्टी कार्यालयमा दर्ता भएको प्रतिवेदन ओलीले प्रस्तुत गर्न रोक लगाएका हुन्।

थापाले एमालेको आन्तरिक लोकतन्त्र, सङ्गठनात्मक प्रणालीमा देखिएका समस्या र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निरन्तरताको विषयलाई फरक मतको  मुख्य एजेन्डा बनाएका थिए खोजेका थिए। 

थापाले केपी ओलीले उठाएकै पार्टी जीवनको लोकतान्त्रीकरणबारेमा समेत महाधिवेशन कुरा राख्न चाहेका थिए । तर कार्यसूचीमा राखेर पनि अन्तिममा ओलीले थापालाई बोल्नै निषेध गरिदिएका हुन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १ : २५ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४