अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ « Khabarhub

अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भारत र अमेरिकाबीचको सम्बन्ध अझै पनि ‘निकै सकारात्मक’ रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीसँगको आफ्नो व्यक्तिगत मित्रताबारे उल्लेख गरेपछि मोदीले यस्तो बताएका हुन् ।

भारतले रुसबाट तेल किनेर युक्रेनमाथि जारी आक्रमणलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले भारतीय आयातमा ५० प्रतिशतसम्म कर लगाएपछि तनावका चलिरहेका बेला दुई नेताबीच यस्तो आदानप्रदान भएको हो ।

राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालदेखि नै बलियो सम्बन्ध रहँदै आएको छ ।

“राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको सकारात्मक मूल्याङ्कनको गहिरो प्रशंसा र पूर्ण रूपमा मूल्याङ्कन गरियोस्”, मोदीले एक्समा लेखेका छन्, “भारत र संयुक्त राज्य अमेरिकाबीच ‘धेरै सकारात्मक र व्यापक अग्रगामी र विश्वव्यापी रणनीतिक साझेदारी’ रहेको छ।”

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफू सधैँ मोदीको मित्र रहने बताउका थिए ।

“भारत र संयुक्त राज्य अमेरिकाबीच विशेष सम्बन्ध छ। चिन्ता गर्नुपर्ने कुनै कारण छैन,” ट्रम्पले भने । ट्रम्पले भारतलाई चीनसँग हारेको भन्ने आफ्नो पहिलेको टिप्पणीलाई बेवास्ता गर्दै भारतसँगको विशेष सम्बन्धलाई औँल्याएका हुन् ।

गत साता मोदीले साङ्घाई सहयोग सङ्गठनको भेलामा भाग लिन चीन भ्रमण गरेका थिए । यो उनको सात वर्षपछि पहिलो पटक चीन भ्रमण हो ।

गत मे महिनामा आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानबीच दशकौँ यताकै सबैभन्दा खराब द्वन्द्वपछि शान्ति स्थापनाका लागि नोबेल पुरस्कारका लागि योग्य कूटनीतिको श्रेय लिने क्रममा ट्रम्प नयाँ दिल्लीप्रति चिढिएका थिए ।

काश्मीरमा तेस्रो पक्षको मध्यस्थतालाई ठाडै अस्वीकार गरेको भारतले त्यसयता ट्रम्पसँगको सम्बन्धमा सान्निध्यता देखाएको देखिएको थिएन ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ४ : ३० बजे

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले