भारतीय आणविक ऊर्जाका लागि थोरियम प्रविधि भित्रिँदै « Khabarhub

भारतीय आणविक ऊर्जाका लागि थोरियम प्रविधि भित्रिँदै


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा आणविक प्रविधि बिक्री गर्न चाहने एउटा कम्पनीलाई अमेरिकाले निर्यात अनुमति दिएको छ । अमेरिकाले शिकागोमा आधारित रहेको क्लिन कोर थोरियम इनर्जीलाई यस्तो अनुमति दिएको हो ।

एमआईटी टेक्नोलोजी रिभ्यूका अनुसार अमेरिकाले यस्तो अनुमति दिएको दुई दशकमा यो दोस्रो पटक हो । अमेरिकाको यो निर्णयलाई दुई मुलुकबीच निकट साझेदारी अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

त्यसैगरी, यो सहकार्य युरेनियमको विकल्पका रुपमा थोरियमलाई आणविक भट्टीमा प्रयोग गर्ने दिशामा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार अब उक्त कम्पनीले उत्पादन गरेका थोरियम ऊर्जा भारतमा रहेका भट्टीका लागि ढुवानी गर्न सकिनेछ । भारतीय नियामक निकायबाट अन्तिम अनुमति पाएपछि क्लिन कोर भारतमा आणविक प्रविधि निर्यात गर्ने पहिलो कम्पनी हुनेछ ।

पछिल्लो समय भारतले आफ्नो आणविक ऊर्जा उद्योगमा अमेरिकाको निजी क्षेत्रलाई प्रोत्साहन गर्न कडा नियम खुकुलो बनाउन थालेको छ । ‘यो अनुमति क्लिन कोरका लागि मात्रै नभइ भारत–अमेरिका नागरिक आणविक साझेदारीका लागि महत्वपूर्ण घटना हो ।’ कम्पनीका प्रमुख कार्यकारी तथा संस्थापक मेहुल शाहले भनेका छन्, ‘यसले विश्वको ऊर्जा रुपान्तरणमा थोरियमलाई केन्द्रमा राख्नेछ ।’

थोरियमलाई लामो समयदेखि युरेनियमको विकल्पका रुपमा हेरिने गरिएको छ । प्रचुरता र कम मात्रै रेडियोधर्मी अवयवहरु तथा प्रत्युत्पादनका कारण यसलाई धेरै रुचाइन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ०३ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र