पाकिस्तानमा बेपत्ता पारिएका पश्तुनहरुलाई रिहा गर्न मानव अधिकारवादी संस्थाको आह्वान | Khabarhub Khabarhub

पाकिस्तानमा बेपत्ता पारिएका पश्तुनहरुलाई रिहा गर्न मानव अधिकारवादी संस्थाको आह्वान


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्तुन सहफुज मुभमेन्टले बेपत्ता पारिएका पाकिस्तानका हजारौँ पश्तुन नागरिकलाई रिहा गर्न आह्वान गरेको छ । पश्तुन समुदायको मानव अधिकारका लागि अभियान सञ्चालन गर्दै आएको यस संस्थाका अनुसार हाल पाकिस्तानका हजारौँ पश्तुन नागरिकको अवस्था अज्ञात छ ।

यस संस्थाको हल्याण्ड शाखाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पश्तुनहरुलाई जबरजस्ती बेपत्ता पारिएको, यातना दिइएको, कुन कानुनी आधारबिना हिरासतमा राखिएको र न्यायको पहुँचबाट टाढा राखिएको आरोप लगाएको छ । संस्थाले यसरी अज्ञात अवस्थामा रहेका सबै नागरिकलाई रिहा गर्न पनि आह्वान गरेको छ ।

हाल यस संस्थाका महत्वपूर्ण नेता तथा कार्यकर्ता जेलमा छन् । कतिपय अवस्थामा अदालतबाट निर्दोष साबित भएपनि उनीहरुलाई रिहा गरिएको छैन ।

अली वजिर यस संस्थाका वरिष्ठ नेता हुन् । उनी विगत दुई वर्षदेखि जेलमा छन् । विभिन्न अदालतले उनलाई निर्दोष साबित गरेपनि उनलाई रिहा गरिएको छैन ।

त्यसैगरी, खैबर कौमी जिरगाका अगुवा हाजी अब्दुल समाद र सामाजिक अभियन्ता बिलाल ओरकजाईलाई पनि मिथ्या आरोपमा कारागारमा राखिएको छ ।

पश्तुन तहफुज मुभमेन्टले नागरिकलाई असर पर्नेगरी अफगान भूमिमा हुने सैन्य कारवाहीको पनि विरोध गरेको छ । त्यसैगरी, यस संस्थाले पश्तुन समुदायलाई लक्षित गरी सञ्चलन हुँदै आएको नीतिमा पनि पुनर्विचार गर्न पाकिस्तानको राज्य र सेनासमक्ष आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ९ : ३७ बजे

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण