स्वास्थ्य बीमा : अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा « Khabarhub

स्वास्थ्य बीमा : अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा


२२ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा सुरु गरेको छ । यसपछि जिल्लाका आठ संस्थाबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट सेवा प्रवाह भइरहेको छ ।
 
पाँचखाल नगर अस्पतालले शुक्रबारदेखि स्वास्थ्य बीमाको प्रथम सेवा सुरु गरेको हो । यसअघि साउन अन्तिम साता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई भदौदेखि सेवा सुरु गरेका थिए ।
 
काभ्रेपलाञ्चोकमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सञ्चालनका लागि अनुमति पाउने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ ।

यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाइसकेका थिए । 

जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी शुक्रबारदेखि सेवा सुरु गरेको जनाएको छ । आइतबारदेखि औपचारिक रूपमा नियमित सहज ढङ्गले सेवा दिइने गरी आवश्यक सबै खालको व्यवस्थापन गरिएको नगरप्रमुख महेश खरेलले बताए । 

धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सेवा सुरु गरेको छ । 

यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । 

नगरले धुलिखेल अस्पतालमा बीमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ । 

गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुका रूपमा सूचीकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये सरकारको नियम लागू हुँदाका बखत मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएका थिए । रासस 

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  १२ : ०६ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको