हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका « Khabarhub

हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली– प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको तनहुँको आँबुखैरेनीमा अब सोमबार पनि हाटबजार लाग्ने भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित सिद्धी गणेश टोलको बसपार्क क्षेत्रमा यही भदौ ३० गतेदेखि प्रत्येक सोमबार हाटबजार सञ्चालन हुनेछ । 

अहिले आँबुखैरेनी–३ स्थित गाउँपालिका कार्यालय नजिक प्रत्येक शुक्रबार हाटबजार सञ्चालन भइरहेको छ । गाउँपालिकाले कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरी स्वदेशी उत्पादनलाई थप प्रवर्द्धन गर्न कृषि उपजको बजारीकरणका लागि हाटबजारको दायरा फराकिलो बनाउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 

उनले भने, ‘हाटबजार स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज सामग्री बिक्रीका लागि प्रभावकारी बनेको छ, एक ठाउँमा साताव्यापी रूपमा हाटबजार सञ्चालन भएकामा अब दुई ठाउँमा सञ्चालन हुँदा कृषक र उपभोक्तालाई थप सहज हुनेछ ।’

गाउँपालिकाले हाल सञ्चालन गरेको हाटबजारमा स्थानीय उत्पादन खरिद बिक्रीका लागि प्रत्येक शुक्रबार बिहानैदेखि भीड लाग्ने गरेको छ । 

विसं २०८० फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामग्री बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ । 

हाटबजारले आँबुखैरेनीको मात्रै नभई आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । 

हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिट्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लिकानलगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ । 

कृषक विमला गुरुङले हाटबजार कृषि उपज वस्तु बजारीकरणका लागि सहयोगी बनेको बताइन् । कृषक सुकमाया चेपाङले अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा एक रुपैयाँ भए पनि बढी मूल्य पाउने गरेको उल्लेख गरिन् ।  रासस

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १ : ५४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको