ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड « Khabarhub

ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६ अर्ब युरो (लगभग १.८८ अर्ब अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज सार्वजनिक गरेका छन्  । 

थेसालोनिकी अन्तर्राष्ट्रिय मेलाको ८९औं संस्करणमा सम्बोधन गर्दै प्रधानमन्त्रीले कर छुट, पारिवारिक सहायता तथा युवा श्रमिकहरूको हितलाई ध्यानमा राखेर विभिन्न प्रोत्साहनात्मक उपायहरू घोषणा गरे ।

उक्त योजनाअनुसार सबै करदाताहरूका लागि आम्दानी करमा स्थायी रूपमा दुई प्रतिशत अंकले कटौती गरिनेछ । २५ वर्षमुनिका श्रमिकहरू, जसको वार्षिक आम्दानी २० हजार युरोसम्म छ, तिनीहरूलाई कर छुट दिइनेछ । 

साथै, चार वा सोभन्दा बढी सन्तान भएका परिवारहरूले आम्दानी कर तिर्नु नपर्ने व्यवस्था गरिएको छ । मध्यम वर्गीय नागरिकहरूले पनि कर दरमा राहत पाउनेछन् भने पेन्सनप्राप्त नागरिकहरू तथा सुरक्षाकर्मीहरूको पारिश्रमिकमा वृद्धिको व्यवस्था गरिनेछ ।

प्रधानमन्त्री मित्सोताकिसले आर्थिक वृद्धिको निरन्तरता, कर छलविरुद्धका सुधार प्रयास र वित्तीय अनुशासनका कारण यस्ता कदमहरू सम्भव भएको उल्लेख गरे ।

यद्यपि, देशका विभिन्न सहर  थेसालोनिकी र एथेन्समा केही नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै उक्त प्याकेजलाई अपर्याप्त ठानेको जनाएका छन् । प्रदर्शनकारीहरूले भ्रष्टाचारसम्बन्धी केही घटना र विगत वर्ष भएको रेल दुर्घटनाप्रति सरकारको प्रतिक्रिया प्रति असन्तुष्टि व्यक्त गरेका थिए । रासस

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ५८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको