अर्थसंक्षेप : बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक, चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा र ११ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक, चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा र ११ अंकले घट्यो नेप्से


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा (तस्बिरहरू)

मिटरब्याजविरुद्ध संघर्ष समिति नेपालले माइतीघरमा धर्ना दिइरहेका छन् । ४ वटा माग प्रस्तुत गर्दै उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका हुन् ।

उनीहरूले सम्पूर्ण पीडितहरू एक हौँ, जाली तमसुक खारेज गर, मिटर ब्याज साहुहरूलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राखेका छन् ।

टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !

११ अंकले घट्यो नेप्से, कारोबार कति ?

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३२ अंकले घटेको छ । नेप्से ०.४१ प्रतिशतले घटेर परिसूचक २७०८.४५ विन्दुमा आएको छ ।

नेप्से घट्दा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ७९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडर

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक

नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्या कम भएपछि बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको हो ।

यसरी थुप्रिएको पैसा व्यवस्थापन गर्ने राष्ट्र बैंकले पैसा खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने आइतबार (भदौ २२ गते) २५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँ मध्यान्ह ३ बजे बोलकबोलको माध्यमबाट लिने भएको छ । त्यसरी खिचिएको पैसा असोज १२ गतेसम्मका लागि राष्ट्र बैंकले ब्याज भुक्तानी गर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : १९ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको