बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू | Khabarhub Khabarhub

बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत् नयाँ पुस्तालाई आन्दोलनमा सहभागिता जनाउन आग्रह गरेका छन्।

आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले सुनिल (२५) र सचिन (२६) नाम गरेका युवालाई सम्बोधन गर्दै भनेका छन्, ‘भोलि तिमीहरू पनि जानु, केही बोल्नै पर्दैन। अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै कुरा बोलेको हुनेछ।’

सपुतले आफ्नो पुस्ताले पनि जीवनमा आन्दोलन र युद्ध भोगेको तर त्यसको नेतृत्व गरेका व्यक्तिहरूले योगदानभन्दा बढी फाइदा उठाएको आरोप लगाएका छन्। उनले अब नयाँ पुस्ताले अलग ढंगले आवाज उठाउनुपर्नेमा जोड दिएका छन्।

स्टाटसमा उनले युवालाई संयमित, धैर्यवान र निरन्तर आन्दोलनमा उभिन प्रेरित गरेका छन्। उनले थपे, ‘जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरूले एक्कै पटकमा मान्ने छैनन्। बुझाउन र गलाउन तिमीहरू पटक–पटक उभिनु पर्नेछ।’

सपुतले आफ्ना दुई भाइका खातामा युट्युब आम्दानीबाट आएको २५–२५ हजार रुपैयाँ पठाएको उल्लेख गर्दै त्यो पैसाले आन्दोलनमा सहभागी साथीहरूलाई पानी वितरण गर्न निर्देशन दिएका छन्।

उनले आगामी पुस्ताको आन्दोलनलाई ‘जेन जेडको सांकेतिक प्रदर्शन’ भन्दै यसले पुराना नेताहरूलाई समय धेरै अगाडि भइसकेको छ भन्ने गहिरो अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन्।

सपुतले अन्त्यमा आन्दोलनमा जाने युवाहरूलाई सुरक्षित फर्किन आग्रह गर्दै परिवारले घरमा प्रतीक्षा गरिरहेको सम्झन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : २२ बजे

इटहरीमा गोली लागेर एक जनाको मृत्यु

सुनसरी- प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको

केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

काठमाडौं – स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौं–  सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक

एजेन्सी– इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र

माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल