जेनजीलाई समर्थन गर्दै शेखरले सरकारलाई भने- नत्र पछुताउनुको विकल्प रहने छैन « Khabarhub

जेनजीलाई समर्थन गर्दै शेखरले सरकारलाई भने- नत्र पछुताउनुको विकल्प रहने छैन


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनरेसन जेड (जेनजी) पुस्ताको आन्दोलनलाई सकारात्मक भन्दै उनीहरूको आवाज सुन्न सरकारसँग आग्रह गरेका छन्।

फेसबुकमार्फत् उनले भनेका छन्, ‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देशमै बसेर केही गर्छु भन्ने जेनजेड पुस्ताका होनहार युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु, सरकारले बस्ने र उनीहरूबीचको सोचाइको अन्तर हो।’

कोइरालाले युवाको आवाज सुन्ने हिम्मत गर्नुपर्ने र आफैंलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले चेतावनी दिँदै भने, ‘नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी रहने छैन।’

सामाजिक सञ्जाल नियमनका विषयमा सरकारले चालेको कदमविरुद्ध पछिल्ला दिनहरूमा देशभर जेनजेड पुस्ता सडकमा उत्रिएका छन्। कोइरालाको अभिव्यक्ति यसै आन्दोलनसँग जोडिएको मानिएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ३७ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट